२ श्रावण २०८३, शनिबार

नेपालको सविधान तथा कानून पढ्ने बानी बसाल्नु पर्छ – तिवारी

एसीपी संवाददाता

३ आश्विन २०८१, बिहीबार १८:५१ मा प्रकाशित

संविधानका बारेमा सचेतना अभिबृद्धिका लागि संविधान बाचन गरिएको छ । संविधान दिवसको अवसरमा आज एक कार्यक्रमका विच पुर्ण संविधान बाचन गरिएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार कानून व्यवसायी समुह नेपालगन्जको संयुक्त आयोजनामा संविधान बाचन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विभिन्न व्यक्तीहरुले संविधान बाचन गरेका थिए । नेपालको संविधान २०७२ मा कुल धारा ३०८, भाग ३५, र अनुसुचि ९ सबै बाचन गरिएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार नेपालको सविधान तथा कानून पढ्ने बानी बसाल्न, र सबैले संविधानको हरेक धारा तथा दफामा भएको व्यवस्थाबारे आम नागरिकलाई सचेतना अभिबृद्धिका लागि संविधान बाचन गरिएको हो ।
बेला बेलामा संविधान परिमार्जन भएकाले कानूनका बारेमा थाह पाउनका लागि बाचन जरुरी भएको सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, उच्च अदालत बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला बार अध्यक्ष मेहर सिंह, वरिष्ठ अधिबक्ता सुनिल कुमार श्रेष्ठ, अधिबक्ताहरु लोकबहादुर शाह, बसन्त गौतम, बलबहादुर चन्द, मिरा ददेल, भानुभक्त रिजाल, कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी रामप्रकाश यादव, लुम्विनी प्रदेश मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत दिनेश सिंहले संविधान बाचन गर्नुभएको थियो ।
यसैगरि सामाजिक अभियन्ता कृष्णप्रसाद श्रेष्ठ, शैलेन्द्र बैश्य, हेमन्त काफ्ले, रविन्द्र ज्ञवाली, योग गुरु गिरीराज शर्मा भट्टराई, जानकी गाउँपालिका वार्ड नं. २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, विद्यार्थीहरु जिज्ञासा तिवारी, कृष्ण बढही, अस्मिता खनाल, लक्ष्मी सार्की, घनश्याम शाही, शेरबहादुर चलाउने, झक्क भण्डारी लगायतले संविधानका विभिन्न धाराहरु बचन गर्नुभएको थियो ।
त्यस अवसरमा स्टेश्नरी व्यवसायी संघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले ५० थान नेपालको संविधान पुस्तक उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाली र अवधी भाषामा संविधान बाचन गरिएको थियो । विहान ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म बाचन गरिएको कार्यक्रम संयोजक जिज्ञासा तिवारीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x