२ श्रावण २०८३, शनिबार

वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको छ – महतो

एसीपी संवाददाता

५ आश्विन २०८१, शनिबार ०९:१७ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको बताएका छन।

नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच भएको सहमति नै सरकार अघि बढेको र आगामी निर्वाचनसम्म सहमतिकै साथ जाने उल्लेख गरे ।

उनले दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा, संविधान संशोधन, यसको कार्यान्वयन, अर्थतन्त्र सुधारलगायतका विषय रहेको बताए ।नेता महतले नेपाली कांग्रेसले अहिले देशभर एक सय दिनको अभियान सुरु गरेको बताउनुभयो । उहाँले यस अभियान पार्टी निर्माणमा केन्द्रित हुने बताए। नागरिकन्युज

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x