२ श्रावण २०८३, शनिबार

मुस्लिम समुदायको पहुँच बढाउँदै लैजानुपर्ने – राई

एसीपी संवाददाता

६ आश्विन २०८१, आईतवार १०:४५ मा प्रकाशित

बाँके । पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा मुस्लिम समुदायको पहुँच बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

दारुल उलुम फैजुननबी जामा मस्जिद ईदगाह सञ्चालक समितिको साधारण सभामा उहाँले मुस्लिम समुदायमा शिक्षा र जनचेतना आवश्यक रहेकोले सोतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

नेपालको सबैभन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबीले धार्मिक शिक्षासँगै आधुनिक शिक्षातर्फ केन्द्रित हुन उहाँले मुस्लिमहरूसँग अपिल गर्नुभयो ।

नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मुस्लिमको धार्मिक धरोहर फैजुन्नवीलाई विधिवत् रुपमा सञ्चालन गर्नका लागि ७५ लाख रुपमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै मदरसालाई व्यवस्थित सञ्चालन गर्न सके थप सहयोग दिन तयार रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम अगुवा मोहम्म हारुन कादरीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरूले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक रहेको बताउनुभयो ।

फैजुन्नवी तदर्थ समितिका सदस्य एवं मुस्लिम आयोगका पूर्व सदस्य खालिद इक्बाल इराकीले, संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता, समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ फैजुन्नवीलाई लैजान गतिशिल र अनुशासित नेतृत्वको आवश्यकता रहेको औँल्याउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झोरासिंह माझीले मुस्लिमहरूको धरोहर फैजुन्नवीलाई ८ वर्षसम्ममा नवीकरण नगरी अवैध रुपमा सञ्चालन गर्नु दुखद कुरा भएको बताउँदै तत्काल प्रक्रिया पुर्‍याएर संस्थालाई वैधानिकता दिन आग्रह गर्नुभयो ।

साधारण सभाले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि कार्तिक ७ गते बाट निर्वाचनको प्रक्रिया सुरु गर्ने समितिका संयोजक अयुब सिद्धिकिले जानकारी गराउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x