२ श्रावण २०८३, शनिबार

पोखरामा भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन सम्पन्न

एसीपी संवाददाता

६ आश्विन २०८१, आईतवार २१:४७ मा प्रकाशित

पोखरामा भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि (सहिद चोक) मा आयोजित धर्नामा १५० भन्दा बढी सहभागीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र नागरिक उड्ययन प्राधिकरणका भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर्न माग गरे।

धर्नाको नेतृत्व जिल्ला संयोजक टिका छिरिंगले गरेका थिए भने केन्द्रीय सदस्य ध्रुव चालीसे, केन्द्रीय अध्यक्ष विनय यादव, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले “पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपले संचालन गर”, “विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानवीन गर”, “नागरिक उड्यन प्राधिकरणका असफल तथा भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर”, “चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर” लगायतका नारासहित प्लेकार्ड बोक्दै नारा जुलुस गरेका थिए।

प्रदर्शनकारीहरूले पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण संचालन र निर्माणमा भएको प्राविधिक त्रुटिको समाधान गर्न जोडदार माग राखेका छन्। साथै, विमानस्थलको निर्माणमा लागेको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्।

उक्त धर्ना कार्यक्रममा पोखराका नागरिकहरूले भ्रष्टाचारविरुद्धको आवाजलाई बलियो बनाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानवीनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x