१ श्रावण २०८३, शुक्रबार

सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार कर्माचार्य निर्वाचित

एसीपी संवाददाता

१३ आश्विन २०८१, आईतवार ०८:२० मा प्रकाशित

दाङ (लमही) : सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको देउखुरीस्थित लमहीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले बाँकेका कर्माचार्यको अध्यक्षतामा महासंघको नयाँ कार्य समिति, पदाधिकारी निर्वाचित गरेको हो । कर्माचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् ।

अधिवेशनले महासंघको प्रदेश उपाध्यक्षमा रुपन्देहीकी राधा बस्नेत र पाल्पाका दीपक पोखरेल, महासचिवमा दाङका सन्तोषकुमार गुप्ता, सचिवमा बाँकेका रुद्र सुवेदी र महादेव खरेल र कोषाध्यक्षमा नवलपरासीका पप्पु रेग्मी सहित १० सदस्सीय प्रदेश समिति रहेको छ ।

अधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको न्यूनिकरण गर्नका लागि सूचना माग्ने अभियान चलाउन महासंघको संरचना बिस्तार गरिएको बताए । हरेक नागरिकले राज्यसँग सूचना माग्ने पहुँच राख्न सके ब्याप्त भ्रष्टाचारमा न्यूनिकरण हुने बक्ताहरुले जोड दिए ।

सोही कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचनले महासंघको संरचनालाई स्थानीय तह सम्म पुर्याउने लक्ष्य अनुरुप लुम्बिनी प्रदेशमा संगठन बिस्तार गरिएको बताए । हालसम्म बागमती र गण्डकी बाहेकका जिल्लामा महासंघको प्रदेश समिति गठन भइसकेको जानकारी दिदै छिट्टै त्यस प्रदेशमा पनि संगठन बिस्तार हुने बताए ।

महासंघका उपाध्यक्ष तारा भण्डारी, अधिवक्ता विश्वजित तिवारी लगायतले वडास्तर सम्म नागरिकलाई सचेत बनाउन महासंघलाई सफलताको शुभकामना दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x