१ श्रावण २०८३, शुक्रबार
बाढी-पहिरो पीडितका लागि कांग्रेसले ५० लाख जम्मा गर्ने
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
“कांग्रेसले राहत कोषमा ५० लाख जम्मा गर्ने भएको छ । त्यस्तै पीडितहरूको सहयोगका लागि कांग्रेस सांसदहरूले आफ्नो १५/१५ दिनको तलब पनि राख्नेछन्,” प्रवक्ता महतले भने ।
यस्तै दशैं-तिहारको अवसरमा पार्टीले आयोजना गर्ने गरेको चियापान कार्यक्रम भने रद्द गरिएको छ । बाढी-पीडितहरूको उद्धारमै केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले भने, “हामीले सबै सङ्घ-सङ्गठन पनि परिचालन गर्नेछौँ । त्यसका लागि केन्द्रीय समितिका साथीहरू खटिनुहुनेछ ।” नेपालभ्युज
Subscribe
Login
0 Comments



