१ श्रावण २०८३, शुक्रबार
मदरसा स्कूलमा माननीय मन्त्री नमुना केसी विशेष छलफल सम्पन्न
नेपालगंज वडा नम्बर २२ मा रहेको किङ्घ्रियान पुरुवा गाउँको मदरसा स्कूलमा माननीय मन्त्री नमुना केसी विशेष छलफल सम्पन्न भयो। भेटघाटमा समुदायको शैक्षिक विकास, सामाजिक सशक्तिकरण, र जीवनस्तर उकास्नका लागि आवश्यक पहलहरुबारे विस्तृत विचारविमर्श गरियो। मन्त्रीले मदरसा स्कूलमा आवश्यक सुधार, सुविधाको विस्तार, र शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने कुरामा जोड दिनुभयो। साथै, किङ्घ्रियान पुरुवा गाउँको समुदायलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा अगाडि बढाउनका लागि विभिन्न कार्यक्रम र नीतिहरूको कार्यान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
यस प्रकारका कदमहरूले हाम्रो समुदायलाई सबल र सक्षम बनाउने विश्वास लिएका छौं। सबैको साथ र सहयोगले मात्र समाजको समग्र विकास सम्भव छ।
Subscribe
Login
0 Comments



