बाँकेमा ९९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
बाँके , नेपालगन्ज – लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर र लागु औषध नियन्त्रण व्युरो नेपालगंज , जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २० राँझा स्थित लाल चन्द्र कामीको डेराकोठामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाईन्टको दायाँ खल्तीबाट प्लाष्टिकको दुई पोका लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको लागू औषध प्लाष्टिक सहित तौल गर्दा १०२ (एकसय दुई ग्राम) र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ९९ (उनान्सय) ग्राम, सोही कोठामा रहेको खाटमा लागु औषध व्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान-१, सहित लाल चन्द्र कामी र राहुल शुक्लालाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



