१ श्रावण २०८३, शुक्रबार

चीनमा बेरोजगारी किन बढदै , यस बर्ष सबैभन्दा उच्च

एसीपी संवाददाता

१७ आश्विन २०८१, बिहीबार १९:०३ मा प्रकाशित

चीनमा युवा बेरोजगारी यो वर्षकै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार युवा बेरोजगारी १८.८ प्रतिशतरहेको छ ।

त्यसअघि सन् २०२३ को जुन महिनामा युवा बेरोजगारी दर २१.३ प्रतिशत पुगेको थियो । पछि ब्युरोले तथ्यांक निकाल्ने पद्धतीमा संशोधन गर्दै अध्ययन गर्ने तहका युवाहरूलाई समेट्न छाडेको थियो ।

यस वर्षको जुन महिनामा मात्रै झण्डै १ करोड २० लाख विद्यार्थी चिनियाँ विश्वविद्यालयबाट दीक्षित भएका छन् । यस्तो अवस्थामा बढ्दो बेरोजगारीलाई चिनियाँ श्रम बजारमा देखिएको तीव्र प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

गत मे महिनामा राष्ट्रपति सी जिन्पिङले मुलुकमा देखिएको युवा बेरोजगारीलाई नियन्त्रण गर्नु आफ्नो सबैभन्दा ठूलो प्राथमिकता हुने उल्लेख गरेका थिए । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x