१ श्रावण २०८३, शुक्रबार

एमाले आबद्ध अखिलको त्रिविमा तोडफोड बितण्डा, सत्ताको आडमा संरक्षण

एसीपी संवाददाता

१८ आश्विन २०८१, शुक्रबार ०८:४१ मा प्रकाशित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय(त्रिवि) रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ।

बुधबार अनेरास्ववियुले जल तथा मौसम विभाग अन्तर्गत लेखा शाखाको कर्मचारी सरुवा नगरिएको भन्दै कार्यालयमा तोडफोड गरेको हो । आक्रोशित केही विद्यार्थीहरुले कार्यालयको कुर्सी र सीसा तोडफोड गरेका छन् ।

उच्च नेतृत्वको संरक्षणबाट नै अनेरास्ववियुले उक्त कार्य गरेको त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागका विद्यार्थी उज्ज्वल खड्काले बताए । ‘यो तोडफोडको पछाडि राजनीतिक नेतृत्वको हात छ । नेतृत्वकै संरक्षणमा यस्तो हर्कत देखाएका हुन्। आर्थिक क्रियाकलापसँग जोडेर तोडफोड गरिएको देखिएको छ । होइन भने कर्मचारी सरुवा बढुवा विद्यार्थी संगठनको कार्य क्षेत्रभित्र पर्दैन । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र उपकुलपति शिक्षामन्त्री हुन्छन्। अब कुलपति र उपकुलपतिको विद्यार्थी संगठनले नै यस्तो गर्छ भने विश्वविद्यालयको अवस्था कस्तो होला ?’, खड्काले प्रश्न गर्दै भने।

त्यस्तै अर्का एक जना विद्यार्थीले पनि बाढीपहिरोको विपत्तिका बेला जोसुकै विद्यार्थी नेताहरूले यसरी तोडफोड गर्नु उचित नभएको बताएका छन् । ‘अहिले बाढीपहिरोको विपत्तिका वेला जोसुकै विद्यार्थी नेताहरूले यसरी तोडफोड गर्नु दुखद् हो। केही समस्या अथवा काम भए छलफलबाट समाधान गर्नुपर्छ’‚ ती विद्यार्थीले भने । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x