१ श्रावण २०८३, शुक्रबार

जुवा खेल्ने र खेलाउने ५ जना चिनियाँ नागरिकहरुको गिरोह ठमेलबाट पक्राउ

एसीपी संवाददाता

२१ आश्विन २०८१, सोमबार १०:३७ मा प्रकाशित

काठमांडौ । पैसाको हारजित हुने गरी जुवा खेल्ने र खेलाउने ५ जना चिनियाँ नागरिकहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

ज्याठा, ठमेमा रहेको यमकुमारी श्रेष्ठको घरमा वाङ स्यूयाचयाङले सञ्चालन गरेको क्वीन एलेभन होटल एण्ड रेस्टुरेन्टमा छापारेर प्रहरीले ५ जनालाई पक्राउ गरेको विज्ञप्तिमाफृत जनाएको छ ।

वाङले ५/६ वर्षदेखि घर भाडामा लिएर छैटौँ तलाको चार वटा कोठामा जु क्वाङले फिस शूट गेममा हारजित हुने गरी खेल्ने र खेलाउने कार्य गर्दै आएका थिए । प्रहरीले शुक्रबार होटलमा छापामारेको थियो ।

प्रहरीले चिनियाँ नागरिकहरूबाट २३ लाख ९८ हजार २० रुपियाँ लगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ पर्नेमा ५४ वर्षय जु क्यवाङ, ३३ वर्षीय हुई पेङ्ग, वेन जिहिमेइ, वेन जिहिमेइ, ४३ वर्षीय वाङ जियु रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उनीहरूको साथाट फिस शुट गेम, मोजाङ सेट थान २, मोहजोङ खेल्न प्रयोग हुने गोदी ३६० र विभिन्न कम्पनीका ५ थान मोबाइल पनि बरामद भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x