१ श्रावण २०८३, शुक्रबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन

एसीपी संवाददाता

१ कार्तिक २०८१, बिहीबार १६:१७ मा प्रकाशित

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रम बिच केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन गर्नुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी परिचालन कक्षलाई समय सापेक्ष थप सुधार गरी कार्य सम्पादनमा सहजता ल्याउन विभिन्न डेस्कको स्थापना सँगै नयाँ संरचनामा संचालन गर्ने गरी ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त परिचालन कक्षको उद्‍घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी, सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी, प्रबन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x