१ श्रावण २०८३, शुक्रबार

किसानका लागि भन्दै भारतीय युरिया फ्याट्रीमा पुर्याउदै

एसीपी संवाददाता

४ कार्तिक २०८१, आईतवार १०:१० मा प्रकाशित

कपिलवस्तु  । जिल्लामा किसानका लागि भन्दै नजिककाे भारतीय बजारबाट अवैधरुपमा तस्करी हुने युरिया किसानलाई नभई फ्याट्रीमा पुर्याउदै आइएकाे तथ्य खुलेकाे छ ।
जिल्लाकाे वगही, पुरुषाेत्तमपुर , वन्चाैरा,कजराहवा, सेमरी , इटवा लगायतका साना नाका हुँदै किसानका नाममा दिन्हुं हजारौं बाेरा मल भित्रिने गरेकाे पाइएकाे छ । किसानका नाममा भित्रिने अवैध भारतीय मल किसानलाई नभई नजिककाे प्लाईउड फ्याक्ट्रीमा पुर्याउने गरेका छन । तस्करहरुकाे समुहले नजिक का बजारमा डम्प गरि दिन्हु साइकल , माेटर साइकल र इ-रिक्सासमेत प्रयाेग गरि फ्याक्ट्रिसम्म पुर्याउदै आएका हुन । शिवराज नगरपालिकाकाे वडा ६ पिपरीमा रहेकाे अटल प्लाईउड इण्डष्ट्रि प्रलिमा दिन्हु मुख्य बाटाे सैयाैं बाेरा युरिया मल पुग्ने गरेकाे छ ।

वडाप्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरिक्षक सुजन शाहलाई जानकारी दिंदा चासाे नदेखाइ नजिकका प्रहरी चाैकीलाई मल आउँछ कि आउंदैन हेर्ने जिम्मा लगाइदिएका हुन । सुचना दिंदा समेत फ्याक्ट्रीसम्म पुगिसकेकाे युरिया मल समात्न पुगेन्न बरु उल्टै असईलाई जिम्मा लगाइ दिएका हुन तर अहिलेसम्म मल समात्न सकेका छैन्न । पिपरी प्रहरी चाैकी मुख्य बाटाे मै छ तर फ्याक्ट्रीमा गईरहेकाे युरिया मल राेकदैन्न ।

अटल प्लाइउड इण्डष्ट्रि प्रलिले खुद्रारुप मै जाेकाेहि ले युरिया मल बेच्नु छ भने प्रहरी सेटि्ङग मिलाई राेडबाटै लागेर बिक्री गर्दा किन्दै गरेकाे स्राेतले जनाएको छ ।
जिल्लाका अन्य प्लाइउड फ्याक्ट्रीहरुमा पनि भारतिय युरिया ग्लुकाे रुपमा प्रयाेग भइरहेकाे छन । अहिले किसानलाई धानबालीका लागि मलकाे आवश्यकता नभएपनि दिनहु नाकाबाट अवैधरुपमा मल भित्रि रहेकाे छ । ठाउँ ठाउंमा मलका गाेदाम बनाई नजिकैका प्लाइउड फ्याक्ट्रीहरुसंग सिन्डिकेट गरि पुर्याउने काम धमाधम भईरहेकाे छ तर सुरक्षानिकाय मुकदर्शक बनेकाे छ । कपिलवस्तुटाइम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x