६ कार्तिक २०८१, मंगलवार

तस्करी गर्ने गाडी सहित लत्ताकपडा बरामद , दुई जना फरार

एसीपी संवाददाता

५ कार्तिक २०८१, सोमबार १२:०६ मा प्रकाशित

काठमाडौं,  । तस्कर समूहले रातीको समयमा तस्करी गर्ने सूचनाको आधारमा बाँके प्रहरीले आइतबार राती भारतीय गाडीको पिछा गर्दै गोदाममा छापा मारी करिब लाखौंको तस्करीको सामान बरामद गर्न सफल भएको छ ।

नेपालगन्ज वडा नं. १६ जयसपुर पछाडी इच्छाराम भन्ने नाकाबाट भारतीय गाडी होण्डा सिटी यूपी १६/६६८२ नम्बरमा लत्ता कपडासहित चौलिक्का हुँदै बागेश्वरी मन्दिर अगाडि घरबारी टोलको गोदामका सामान राख्ने क्रममा बाँके प्रहरीले छापा मारी गाडी सहित बरामद गरेको हो । गाडीबाट तस्कर गर्ने क्रममा गाडीको रेखदेखमा लागेको एक स्कुटर र एक मोटरसाइकल भने भागेको भित्री स्रोतले बतायो ।
गाडीमा सामान तस्करी गर्ने चालक चालक चाँद कुरेसी र सफिक जसगढलाई बाँके प्रहरीले हिरासतमा लिएको छ । गाडी कसको हो र तस्करको नाइके विषयमा बाँके एसपी तुलबहादुर कार्की भन्नुहुन्छ–‘गाडीको डकुमेन्ट आउँदैछ । डकुमेन्ट आएपछि थप अनुसन्धान हुन्छ । तस्कर जो कोही होस कानुनको दायरामा आउँछ ।’
भारतीय नम्बरको होण्डा सिटी नेपालगन्ज जयसपुर निबासी अन्सारी भन्ने को नाममा रहेको स्रोतले दाबी गरेको छ । ती अन्सारीको दोहोरो नागरिकता समेत रहेको स्रोतले बतायो । निश्पछध्वानी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x