६ कार्तिक २०८१, मंगलवार

माटो कलाको उत्थान हाम्रो पहिचानका बारेमा नेपालगन्जमा छलफल

एसीपी संवाददाता

६ कार्तिक २०८१, मंगलवार १३:२९ मा प्रकाशित

स्थानीय कला सस्कृतिको सरंक्षण अभियान माटो कलाको उत्थान हाम्रो पहिचानका बारेमा नेपालगन्जमा छलफल गरिएको छ ।  द मदर फाउण्डेसन ललितपुर र नेपालगन्ज उपमहा नगरपालिकाको सयुक्त अयोजनामा भएको स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा जोड दिइएको थियो ।

नेपालगन्ज उपमहनगरपालिका प्रमुख प्रशान्त विष्टले माटो कलमको सरंक्षण सम्वर्धन र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । द मदर फाउण्डेसनका संस्थापक डा.सलाहुद्दिन अख्तर सिद्दिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुम्हार प्रजापति सघंका अगुवा राकेश कुम्हाल, कसगर समाजका अगुवा रसिद अली कसगर, नागरिक समाजका तर्फबाट सुदिप भट्ट लगायतले बोल्नु भएको थियो ।

माटो कला संरक्षण गर्न समिति निमार्ण 

त्यस अवसरमा माटो कला सरंक्षण विकास सम्वर्धनका लागि सात सदस्यीय समिति निमार्ण गरिएको छ । समितिमा रसीद अली कसगर, राकेश कुम्हाल, मो.हुसेन कसगर, यासीन कसगर, मेहदी हसन कसगर, निजमामुद्दिन कसगर, राजेन्द्र प्रजापति रहनुभएको छ ।

समितिको सल्लाहकारमा अधिवक्ता विश्वजीत तिवारी रहनु भएको छ भने संरक्षकमा द मादर फाउण्डेसनका संस्थापक डा.सलाहुद्दिन अख्तर सिद्दिकी रहनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x