१ श्रावण २०८३, शुक्रबार

बर्दियादेखि विभिन्न स्थान हुँदै भारतको अयोध्या सम्म साईकल यात्रा

एसीपी संवाददाता

८ कार्तिक २०८१, बिहीबार १०:०९ मा प्रकाशित

नेपालगन्ज ग्यालरी – औरी , बर्दिया घर भएका दीपक कुमार थारुले २१ दिन लगाएर बर्दियादेखि विभिन्न स्थान हुँदै भारतको अयोध्या समेत गई नेपालगन्ज पुगेर १८४५ किमी लामो साइकल यात्रा तय गरेका छन् । 

दीपकले असोज १७ गते आफ्नो यात्रा घरदेखि सुरु गरी लुम्बिनी , मुक्तिनाथ , पशुपतिनाथ ,जानकी मन्दिर हुँदै भारतमा रहेको अयोध्या पुगी त्यहाँबाट नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिरमा आई आज कार्तिक ७ गते आफ्नो यात्रा पूरा गरेका छन् ।

यात्राको दोश्रो दिनमा भने फ्रान्सबाट नेपालमा साइकलमा आएका साइकल यात्रुहरु भेट भएको रमाइलो क्षण दीपकले नेपालगन्ज ग्यालरीलाई बताएका छन् ।

गत वर्ष पनि दिपकले नेपालगन्जको युनाइटेडबाट आफ्नो प्लस टू को परिक्षा सक्काएपछि बर्दियाबाट साईकल यात्रामा निस्केर ९ दिन साईकल र एकदिन पैदल यात्रा गरेर दशौं दिनमा भारतको केदारनाथ पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x