१ श्रावण २०८३, शुक्रबार

बाँकेको डुडुवामा निशुल्क आखा शिविर

एसीपी संवाददाता

९ कार्तिक २०८१, शुक्रबार ११:०७ मा प्रकाशित

बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ४ आधारभूत स्वास्थ्य केन्द्र र डुडुवा ३ बन्कट्टी स्वास्थ्य चौकीमा एक सय ६३ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक ६ र ७ गते सञ्चालन गरिएको निःशुल्क शिविरमा ८० जना पुरुष र ८२ जना महिलाको आँखा जाँच गरिएको हो ।

कार्यक्रम संयोजक वृजेश मिश्र अनुसार एक सय ६३ जना मध्ये ३८ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा २० जना पुरुष र १८ जना महिला रहेका छन

सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x