१ श्रावण २०८३, शुक्रबार

अश्लील मेसेज लेख्ने शिक्षकलाई कार्यवाहीको माङ सहित अखिल ( क्रान्तिकारी ) को प्रेस बिज्ञप्ति

एसीपी संवाददाता

१० कार्तिक २०८१, शनिबार ०९:३९ मा प्रकाशित

बाँकेको कोहलपुमा रहेको त्रिभुवन मा.वि. मा अध्यापन गराउने शिक्षकले आफ्नै एक विद्यार्थीलाई अश्लील म्यासेज पठाएको अनेरास्ववियु क्रान्तिकारीले थाहा पाएपछि प्रेस विज्ञप्ति निकालेको छ ।

अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले एक प्रेस विज्ञप्ति प्रकाशित गरि आफुले पढाउने विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षक राम बहादुर थारुको कुदृष्टि र गिद्दे नजरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रेस विज्ञप्तिमा यस्तो हर्कत गर्ने शिक्षकलाई कानुनी कारबाही गर्न अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले माग सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । यदि कारबाही नगरिएमा अनेरास्ववियु क्रान्तिकारीले कारबाही गर्ने र त्यसको जिम्मेवार सम्बन्धित निकायले लिनुपर्ने विज्ञप्तिमा बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x