१ श्रावण २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा समातिएका पूर्वसभामुख महराका छोरा राहुल रिहा

एसीपी संवाददाता

१५ कार्तिक २०८१, बिहीबार १६:१७ मा प्रकाशित

सुन तस्करी प्रकरणमा समातिएका पूर्वसभामुख कृष्णबहादुर महराका जेठा छोरा राहुल महरा रिहा भएका छन् ।

इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको नौ किलो सुन तस्करी गरेको झूठो आरोपमा मुछिएपछि वयानको लागि आफै सिआइबीमा हाजिर हुन पुग्दा थुनिएका उनी एक वर्षपछि अस्ति १३ गते मंगलबार छुटेका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनलाई साधारण तारिखमा छोड्न आदेश दिएसँगै उनी रिहा भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले भने, ‘साधारण तारिखमा उहाँ मंगलबार रिहा हुनुभएको छ । हामीले उच्च अदालतमा पुनरावलोकन गर्न पाउने गरी छोडिएको हो ।’

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग नेकपा माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा र उनका जेठा छोरा राहुलको फोनवार्ता भएको थियो ।

त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई गत वर्ष भदौ १३ गते नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेको एक महिनापछि असोज २५ गते उनी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा पुगेका थिए । यता,महरा आफैं पनि सोही प्रकरणमा गत चैतमा पक्राउ परी पाँच दिनमा छुटेका थिए । त्यसयता उनी राजनीतिमा खासै सक्रिय छैनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x