१ श्रावण २०८३, शुक्रबार

भारतमा रहेका नेपालीले मनाए तिहार

एसीपी संवाददाता

१८ कार्तिक २०८१, आईतवार २१:५० मा प्रकाशित

काठमाडौं । भारतमा रहेका प्रवासी नेपालीहरुले धुमधामले देउसी, भैलो खेलेर नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको शुभकामना आदानप्रदान गरेका छन् ।

दिल्लीस्थित नेपाली राजदुतावासमा दिल्ली एनसीआरस्थित सयौं प्रवासी नेपालीहरुको उपस्थितिमा विभिन्न प्रवासी संघ संस्थाहरुले देउसी भैलो खेलेका हुन् ।

नेपाली राजदुतावासका कार्यवाहक राजदुत डा सुरेन्द्र थापा पनि कार्यक्रममा सहभागी रहनुभएको थियो । प्रवासमा रहेपछि कयौं नेपालीहरु हाम्रा चाडपर्वलाई नेपालमा जस्तै नेपाली पारम्पराअनुसार मनाउन नपाउने भएकाले राजदुतावासले वर्षको एकदिन आउने चाडपर्वलाई प्रवासमा रहेका नेपालीहरुले पनि नेपालकै शैलीमा मनाउन पाउन भन्ने उद्देश्यका साथ यो देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।

समारोहमा भारतस्थित नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र, मित्र मञ्च मानव कल्याण भारत, प्रवासी नेपाली संघ भारत, लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, प्रवासी नेपाली प्रेरणा समिति, नेपाली एकता समाज भारत, गोर्खा वेलफेयर एसोसिएशन, कानून लाङ्घाली मगर समाज दिल्ली, प्रवास नेपाली जनकल्याण समिति दिल्ली, पर्वत समाज भारत, गुरुङ सेवा समिति, अखिल भारत नेपाली एकता मंच, नेपाल भारत मानव कल्याण समिति, श्री पशुपतिनाथ सोसाईटी, अखिल भारत प्रवासी नेपाली संघ, जनहित सांस्कृतिक परिवार दिल्ली र हाम्रो स्वाभिमान न्यास लगायतले राजदुतावासमा नेपाली सांस्कृतिक कार्यक्रम प्रश्तुत गरेर देउसी भैलो खेलेका हुन् ।

समारोहपछि बोल्दै नेपाली राजदुतावासका शिक्षा तथा सांस्कृतिक काउन्सिलर गोकुल बस्नेतले चाडपर्वको माध्यमले नेपालीहरु बिच एकता फैलाउने उद्देश्यले दुतावासमा यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x