१ श्रावण २०८३, शुक्रबार

रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो

एसीपी संवाददाता

२० कार्तिक २०८१, मंगलवार ११:२८ मा प्रकाशित

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनीसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सुदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग जाेडिएका व्यक्ति हुन् ।

लामिछाने कुनैबेला गोरखा मिडिया प्रबन्ध निर्देशक थिए । जोशी यसका सञ्चालक हुन् । यही परिपेक्षमा उनीहरूलाई सहकारीको रकम अपचलनको आरोप लागेको हो । नेपालभ्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x