१ श्रावण २०८३, शुक्रबार

नेपाली बजारमा भारतीय रुपैयाँ अभावले नेपाली मर्कामा

एसीपी संवाददाता

२३ कार्तिक २०८१, शुक्रबार १२:१५ मा प्रकाशित

नेपाली बजारमा भारतीय पैससाको अभावले  सर्वसाधारण मर्कामा  नेपाली जनता परेका छन । काठमाडौं , भैरहवा लगायतका ठाउँ जस्तै सिमा क्षेत्रमा रहेका नेपाली बैंकबाट करेन्सी एक्सचेञ्ज सुविधा सुचारु गर्न सराेकारवालाले माग गरेका छन ।

कपिलवस्तु  । भारतीय पैसा अभावका कारण पारीका बजारमा नेपालीहरु महंगो बट्टा तिरेर किनमेल गर्न बाध्य भएका छन ।
विगत केही दिनदेखि जिल्लाकाे कृष्णनगर , मर्यादपुर, चाकरचाैडा लगायतका भारतसंग सटेका नेपाली बजारहरुमा भारतीय नाेट अभाव हुन थालेपछि एक सय भारतीय रुपैयाँकाे १६५ देखि १७० नेपाली रुपैयाँ तिरेर मालसामान किन्नुपर्ने बाध्यता रहेकाे पुर्व सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे । उहाँले पहिलेकाे अभ्यासमा सरकारले नेपाल कै बैंकबाट करन्सी एक्सचेन्ज गर्ने नीति सुचारु गरेकाे थियाे जुन अन्यत्र ठाउंमा रहेपनि बार्डर क्षेत्रमा नदिएकै कारण तराईका बासिन्दालाई महंगाे बट्टामा नेपाली पैसा रकमान्तर गर्नु परेकाे गुनासाे गर्नु भयाे ।

भारतीय पैसाकाे अभावले सिमा क्षेत्रका नागरिकलाई प्रत्यक्ष असर गर्ने हुन्छ जस कारण भारतीय बजारसंग सटेका नेपाली बजार पनि चलायमान हुन नसकेका उद्योग वाणिज्य संग कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ताकाे भनाई छ । अध्यक्ष गुप्ताले पैसा अभावका कारण भारतमा बजार गर्न जाने छिमेकी जिल्लाका नेपालीहरुकाे संख्या घटेपछि नेपालका बजारमा पनि चहलपहल कम भएकाे बताउनुभयाे ।

जिल्लाका मुख्य बजार कृष्णनगर , मर्यादपुर , ताैलिहवा लगायतका बजारमा भारतीय पैसाको अभाव भएकाले नेपाली ग्राहकले पारीका बजारमा रु छ देखि दशसम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपियाँ नै गायब भएको छ। नेपाली रुपियाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले भारतीय रु एक हजार बराबर नेपाली रु एक हजार छ सय दिएमात्र पाउने गरेको थिए तर कुनै कुनै ठाउँमा रु सात–दस रुपैयाँसम्म पनि बट्टा (कमिशन) लिने गरेको व्यापारीहरु बताउंछन ।

यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै जिल्लाका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेकै हुन्छ । महंगाे बट्टा तिरेपनि सामान सस्तो पाउने भएकाले भारतीय बजार धाउनुपरेकाे स्थानीय सर्वसाधारण बताउँछन् । अहिले एक हजार नेपालीकाे भारतीय  पांच सय उनान्नब्बेसम्ममा मालसामान किन्नुपरेकाे छ । कपिलवस्तुटाइम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x