१ श्रावण २०८३, शुक्रबार

फेरि, जाजरकोटमा फोर्स गाडी सडकबाट ५० मिटर तल खस्यो

एसीपी संवाददाता

२६ कार्तिक २०८१, सोमबार १३:०९ मा प्रकाशित

काठमाडौं– जाजरकोटबाट यात्रु बोकेर नेपालगञ्ज जाँदै गरेको एउटा फोर्स गाडी सडकबाट ५० मिटर तल खसेको छ।

सोमबार बिहान करिब साढे ११ बजेको समयमा बा५ख १८९२ नम्बरको गाडी दुर्घटनामा पर्दा त्यसमा सवाल १६ जना घाइते भएका छन्।

जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको उक्त गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै सडकबाट अनियन्त्रित भई ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुदूमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था मध्यम रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x