१ श्रावण २०८३, शुक्रबार

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

एसीपी संवाददाता

३० कार्तिक २०८१, शुक्रबार ११:५१ मा प्रकाशित

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आक्रोशित बनेका छन् । खैबर पख्तुनख्वा प्रान्तमा बालिकालाई शिक्षा दिइने अनौपचारिक विद्यालयका शिक्षकले विगत ८ महिनादेखि तलब पाएका छैनन् ।

यसरी तलब नपाउनेमा २ हजार २ सय वटा बालिकालाई शिक्षा दिने सामुदायिक विद्यालय, ५ सय ४१ वटा आधारभूत शिक्षा केन्द्र र २ सय ७५ वटा मानव अधिकार राष्ट्रिय आयोग अन्तर्गतका विद्यालयका शिक्षकहरु रहेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सरकारले अदक्ष कामदारको न्यूनतम तलब ३६ हजार रुपैयाँ तोकेपनि ती शिक्षकहरुले केबल २१ हजार रुपैयाँ मात्र पाउने गरेका छन् ।

उनीहरुले पाउनुपर्ने तलबको कुल रकम २ अर्ब डलरभन्दा धेरै रहेको डनले उल्लेख गरेको छ । तलब नपाएपछि ऋण तिरेर घरखर्च चलाउनुपरेको पीडित शिक्षकको भनाइ छ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x