१ श्रावण २०८३, शुक्रबार

बागेश्वरी म्याराथन भोलि मंसिर १ गते सम्पन्न हुँदै।

एसीपी संवाददाता

३० कार्तिक २०८१, शुक्रबार १२:५५ मा प्रकाशित

“हरियो विकल्प, उज्यालो भोलि“ “Greener Choices Brighter Tomorrow” बागेश्वरी म्याराथन भोलि मंसिर १ गते सम्पन्न हुँदै।

नेपालगञ्ज, कार्तिक ३० – रेडियो बागेश्वरी एफएम, पश्चिम नेपालको पहिलो व्यावसायिक एफएम स्टेशन, भोलि शनिबार मंसिर १ गते “बागेश्वरी रन“ म्याराथनको आयोजना गर्दैछ। २०६२ असोज २६ गतेदेखि सञ्चालनमा आएको रेडियो बागेश्वरी ९४.६ मेगाहर्ज हाल नेपालगञ्ज–१०, आदर्शनगरस्थित आफ्नै भवनबाट प्रसारण हुँदै आएको छ। आफ्नो २१ औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन रेडियोले “हरियो विकल्प, उज्यालो भोलि“ ून्चभभलभच ऋजयष्अभक द्यचष्नजतभच त्यmयचचयधू भन्ने नाराका साथ यो विशेष म्याराथन आयोजना गर्न लागेको हो।
रेडियोका कार्यकारी प्रमुख सिद्धार्थ पाण्डेका अनुसार, यस म्याराथनको मुख्य उद्देश्य व्यवसाय, पर्यटन प्रवर्द्धन, आपसी भातृत्व, र दौड संस्कृतिको विकास गर्नु हो। म्याराथन बिहान ७ः३० बजे नेपालगञ्ज–१०, आदर्शनगर पेट्रोल पम्पबाट सुरु हुनेछ। यो रुटले बी.पी. चौक, धम्बोझी, सेतु विक चौक, त्रिभुवन चौक, हुलाक कार्यालय, र शीतलनगर हुँदै पुनः पेट्रोल पम्पमा आएर समापन हुनेछ।
कार्यक्रममा नेपालगञ्जका उद्योगी, व्यवसायी, विशिष्ट पेशाकर्मी, र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्। रेस डाइरेक्टर चन्द्र गुरुङका अनुसार, यस म्याराथनले सामुदायिक सहभागिताका साथै स्वस्थ र हरित जीवनशैलीको सन्देश प्रवर्द्धन गर्नेछ।
रेडियोका स्टेशन प्रमुख शुक्रऋषि चौलागाईंले जानकारी दिएअनुसार, म्याराथनपश्चात केही दिनभित्रै “बागेश्वरी सबमिट“ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा नेपालगञ्जका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
रेडियो बागेश्वरीले सबै स्थानीय नागरिक, व्यवसायिक संघ–संस्थाहरू, र समाजसेवीहरूलाई यस म्याराथनमा सहभागी भई “हरियो विकल्प, उज्यालो भोलि“ को सन्देश फैलाउन आग्रह गरेको छ।

सम्पर्क
रेडियो बागेश्वरी एफ.एम.
नेपालगञ्ज–१०, आदर्शनगर
फोनः ९८५८०३६३९१

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x