१ श्रावण २०८३, शुक्रबार

यातायात कार्यालय नेपालगन्जबाट सर्दैन’

एसीपी संवाददाता

१ मंसिर २०८१, शनिबार ०७:३४ मा प्रकाशित

नेपालगन्ज – लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री मा. प्रचण्ड विक्रम न्यौपानेले नेपालगञ्जस्थित यातायात कार्यालय नसर्ने स्पष्ट पार्नुभएको छ । नेपालगंज उपमहानगरपालिका का नगर प्रमुख प्रशान्त विष्टा  , उपप्रमुख कमरुद्दीन राई लगायत नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आज उपमहानगरपालिका कार्यालयमै भएको भेटमा मन्त्री न्यौपानेले कार्यालय सार्ने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो । मन्त्री न्यौपानेले पुस महिनाभित्र कुनै एक संघीय वा प्रदेश कार्यालयमै यातायात कार्यालय व्यवस्थापन गरिने बताउनुभएको छ ।       अध्यक्ष बर्माको भनाइ –   नेपालगन्ज देखि यातायात कोहलपुर सार्ने सन्दर्भमा विगत केही दिन पहिला नेपालगञ्जमा भएको चर्चा परिचर्चाबाट नेपालगन्ज देखि यातायात कुनै कतै नसर्ने र यही रहने गरी जनतालाई सेवा पर्वाहन हुने गरी ट्रायल दिने व्यवस्थापन समेत नेपालगन्ज उपमहा-नगरपालिका वडा नं १८ का वडा अध्यक्ष दिपक कुमार बर्मा जग्गा ब्यवस्थापन गरिदिने छु । यातायात र ट्रायल काममा गर्नुपर्ने कागजहरू हामी सबै तयारी बनाइदिने छौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x