लैङ्गिक समानता, सभ्य काम र संरक्षण नीति” सम्बन्धी एकदिवसीय अभिमुखीकरण
ग्रिन इकोनोमी प्रोजेक्ट अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा “लैङ्गिक समानता, सभ्य काम र संरक्षण नीति” सम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । २०२४ नोभेम्बर १४ मा राजापुर नगरपालिकामा र १५ नोभेम्बर २०२४ मा ठाकुरबाबा नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो। यस अभिमुखीकरण कार्यक्रममा जम्मा ५० जना युवतीहरुको सक्रिय सहभागिता रहेको थियो । 
अभिमुखीकरणको प्राथमिक उद्देश्य लैङ्गिक समानता, युवा संरक्षण र युवा महिलाहरूलाई रोजगारी वा स्वरोजगारका अवसरहरूको लागि लैङ्गिक-उत्तरदायी वातावरण सिर्जना गर्न सशक्तिकरण गर्ने अवधारणाहरू बारे शिक्षित गर्नु थियो। सहजकर्ताले लैङ्गिक समानतामा जोड दिनुभयो र युवा महिलाहरूलाई हरित रोजगारीमा लाग्न प्रोत्साहित गर्नुभयो। उनीहरुले पुरुष साथीहरु जस्तै महिलाहरुले पनि व्यवसायमा सफलतापुर्वक संलग्न भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने कुरा पनि प्रकाश पारे । युवतीहरु निकै हर्षित र उत्साहित देखिए र समाजमा सम्मानजनक जीवन जिउन आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न हरित व्यापारमा लाग्ने जिज्ञासा प्रकट गरे । 
समापन सत्रमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, महासचिव बुद्धेश जैसवाल र प्राविधिक सल्लाहकार वेयर साजिद अली सिद्दिकीको पनि सहभागिता रहेको थियो र सहजकर्ता बसन्त कुमार बिसीले सहभागीहरूलाई जानकारी गराए र राधेकृष्ण थारु, कार्यक्रम अधिकृत, क्षेत्र पर्यवेक्षक सुश्री कञ्चन दहित , सञ्जिता रिजालले यसको सुचारु कार्यान्वयनमा साथ दिएका हुन ।



