१ श्रावण २०८३, शुक्रबार

लागू ओैषधकाे ठुलाे परिमाणसहित एक जना पक्राउ

एसीपी संवाददाता

१ मंसिर २०८१, शनिबार ०९:३४ मा प्रकाशित

कपिलवस्तु जिल्लाकाे कृष्णनगरमा लागू ओैषधकाे ठुलाे परिमाणसहित एक जना पक्राउ परेका छन ।
कृष्णनगर प्रहरीले लागू ओैषधकाेअहिलेसम्मकै ठुलाे परिमाणमा बरामद गरेकाे हाे । कृष्णनगर वडा ३ हनुमानगढी नजिकै शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ पैदल हिडदै गरेका झण्डेनगर बस्ने बर्ष १९ का सिकन्दर चौहानलाई खानतलासी गर्दा तेह्र हजार ट्रमाडाेल क्याप्सुल बरामद गरेकाे प्रहरी नायब उपरिक्षक माेहनमणि अधिकारीले बताउनु भएकाे छ ।
चाैहानले बाेकेकाे प्लास्टिक बोरा खानतलासी गर्दा छ सय पचास पत्ता ट्रमाडाेल कुल १३ हजार क्याप्सुल बरामद गरिएकाे इप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे हाे । लागू ओैषधसहित एक थान माेबाइलसमेत बरामद गरिएकाे छ भने निज चाैहानलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेकाे निरिक्षक खत्रीले बताउनुभयाे ।
जिल्ला मै अहिलेसम्मकाे यति ठुलाे मात्रामा लागुओैषध बरामद गरिएकाे याे घटना पहिलाे पटक रहेकाेले प्रहरी निरिक्षक सुरज खत्रीकाे कार्यकुशलताकाे चाैतर्फी प्रशंशा भईरहेकाे छ ।

विगतमा पनि दर्जनौं व्यक्तिलाई चरेस , ब्राउन सुगर लगायतका लागू ओैषध बरामद गरेर कराेबारीहरुकाे सिन्डिकेट भत्काउन कृष्णनगर प्रहरी सफल भएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x