१ श्रावण २०८३, शुक्रबार
कोशी प्रदेशको’ नाम खारेजीको माग गर्दै चर्कियो आन्दोलन , जसपा नेपाल मैदानमा
कोशी प्रदेश – ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै प्रदेश १ मा पुनः चर्किएको पहिचानवादी आन्दोलनलाई जनता समाजवादी पार्टी नेपालले सहयोग गरि रहेको छ । कार्यक्रम मा आज जसपा नेपाल का सह—अध्यक्ष एवं पूर्वमन्त्री रकम चेम्जोङले नेतृत्व गर्नु भएको छ । पूर्वी नेपालमा चर्किएको यो पहिचानको आन्दोलनमा जसपा नेपालको साथ, समर्थन र नेतृत्व सदैव रहदै आएको सह अध्यक्ष चेम्जोङले बताउनु भएको छ । यसअघि जसपा नेपालको केन्द्रीय समिति बैठकले कोशी प्रदेश नाम खारेज गरी पहिचानमा आधारित नामाकरणका लागि आन्दोलनको नेतृत्व गर्न पार्टीका सहअध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियोे ।
Subscribe
Login
0 Comments



