६ मंसिर २०८१, बिहीबार

नेपाल साहसिक खेलका लागि विश्वकै हब हो- परराष्ट मन्त्री राणा

एसीपी संवाददाता

६ मंसिर २०८१, बिहीबार १०:३० मा प्रकाशित

काठमाडौं –  नेपाल साहसिक खेलका लागि विश्वकै हब हो भन्दा फरक पर्दैन परराष्ट मन्त्री आरजु देउवाले बताउनु भयो  । त्यसैले यहाँको साहसिक पर्यटनलाई पनि खेलकुदसँग जोडेर विश्वका पर्यटक आकर्षित गर्न सकिने कैयौँ सम्भावना हामीसँग छन् । माउन्टनेयरिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ आदि कैयौँ साहसिक खेलका हामीसँग सम्भावना छन् । अहिले विश्वमा खेलकुदको आकर्षण र महत्व बढ्दै गएकाले हामीले पनि खेलकुदका साथसाथै साहसिक खेलको पनि विकास र विस्तार गरी खेल कूटनीतिको प्रवर्धन गर्न सक्दछौँ । गत अक्टोबरमा दोहामा सम्पन्न एसिडीको तेस्रो बैठकको थिम खेल कूटनीति बनाइएको र त्यहाँ परराष्ट मन्त्रीले नेपालमा साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसको सम्भावनाका विषयमा आज सम्बद्ध मन्त्रालय, निकाय र संघसंस्थाहरुसँग आवश्यक छलफल एवं परामर्श गरेको हो  । त्यस क्रममा मैले पर्यटन मन्त्रालयले अध्यक्षता एवं खेलकुद र परराष्ट्र मन्त्रालयको समेत सहभागिता रहने गरी एक समिति बनाएर काम गर्न निर्देशन दिएकी छु । यसबाट हामीले अघि सारिरहेको आर्थिक कूटनीतिको विस्तारमा थप सहयोग पुग्ने आशा अपेक्षा रहेको बताउनु भयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x