१ श्रावण २०८३, शुक्रबार

दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश

एसीपी संवाददाता

१० मंसिर २०८१, सोमबार ०९:०९ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्चमा हालेको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल ईजलासले प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

प्रसाईँका छोरा निराजनले यही मंसिर ५ गते कानूनी रुपमा थुनामा राखेको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

प्रसार्इँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा २१ करोड डलर बराबरको लगानी रहेको दाबी गर्दै भिडियो- डकुमेन्टहरु सार्वजनिक गरेपछि प्रहरीले साइबर अपराधको मुद्दामा उनलाई पक्राउ गरेको हो । प्रसाई विरुद्ध किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका विषयमा अभियोग लगाइएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x