१२ असार २०८३, शुक्रबार

कपिलवस्तुका उमा प्रसाद चतुर्वेदी डीआईजीमा बढुवा

एसीपी संवाददाता

१० मंसिर २०८१, सोमबार २३:१४ मा प्रकाशित

कपिलवस्तु– गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले हालै सार्वजनिक गरेको सूचीअनुसार नेपाल प्रहरीका आठ जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन् । यसै क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका-१०, सौनहवा निवासी उमा प्रसाद चतुर्वेदी पनि प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन् ।

चतुर्वेदीले महेन्द्र माध्यमिक विद्यालय, कृष्णनगरबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । लामो समयदेखि प्रहरी सेवामा रहेका चतुर्वेदीले विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनलाई महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

उहाँको बढुवा नेपाल प्रहरीमा अनुशासन, दक्षता, र नेतृत्व क्षमताको मूल्याङ्कनको आधारमा गरिएको हो ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार निम्न आठजना डीआईजी पदमा बढुवा भएका छन् :
१. ध्रुवराज राउत
२. भोला बहादुर रावल
३. गणेश चन्द
४. सिद्धि विक्रम शाह
५. सुशिल सिंह राठौर
६. उमा प्रसाद चतुर्वेदी
७. हिमालय कुमार श्रेष्ठ
८. डम्बर बहादुर वि.क.

चतुर्वेदीको यो उपलब्धिले कपिलवस्तु जिल्लाको नाम राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याएको छ । उहाँसँगै बढुवा भएका अन्य अधिकारीहरूलाई पनि जिम्मेवारी र सुरक्षा सेवामा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ ।

कपिलवस्तुका स्थानीय बासिन्दाहरूले चतुर्वेदीको बढुवालाई गर्वका साथ स्वागत गर्दै उहाँलाई शुभकामना व्यक्त गरेका छन् ।

नेपाल प्रहरीमा डीआईजी स्तरको पदले सुरक्षा, नेतृत्व र रणनीतिक कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यो उपलब्धि संस्था र राष्ट्रका लागि महत्वपूर्ण मानिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x