१ श्रावण २०८३, शुक्रबार

अध्यक्षको मानहानि गरेको भन्दै एमालेले गर्‍यो लुम्बिनी सांसदलाई पार्टीबाट निलम्बन

एसीपी संवाददाता

१२ मंसिर २०८१, बुधबार ०८:२७ मा प्रकाशित

नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै मंगलबार लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ।

पार्टीलाई हानिनोक्सानी पुर्‍याउने मनसायका साथ पार्टी अध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्यमान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउनेजस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८ (९३०) र (९४०) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (९७०)  को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरूङले जानकारी दिए।

अध्यक्ष गुरूङले लगातार पार्टी नेता र पार्टीविरूद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएको उल्लेख गरे। प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले) को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारू लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पूर्वमाओवादी सेनामा रहेका थारू नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिवसम्म भएका थिए।

प्रदेश सदस्य चौधरीले निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको बताए । नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x