१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री भेट्दै विप्लवले भने ः चीनसँग खुट्टा नकमाउनुहोला

एसीपी संवाददाता

१२ मंसिर २०८१, बुधबार ०९:०३ मा प्रकाशित

नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) र प्रवक्ता खड्गबहादुर विश्वकर्माले चीन भ्रमणमा जाँदा राष्ट्रहितका पक्षमा खुट्टा नकमाउन प्रधानमन्त्री केपी शर्मा ओली लाई सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पुगेका नेकपा का नेताहरुले ओलीलाई विरोधका कारण बीआरआई लगायत सम्झौताको कार्यान्वयन प्रक्रियामा नरोकिन आग्रह पनि गरे ।
‘अहिले उठिरहेका विरोध कुन उद्देश्यका कारण भइरहेका छन् भन्ने स्पष्ट नै छ,’ नेकपा प्रवक्ता विश्वकर्माले भने, ‘त्यसैले प्रधानमन्त्रीज्युले त्यसलाई ध्यान दिने होइन, राष्ट्रहितमा जे गर्नु उपयुक्त हुन्छ, त्यो गर्ने हो भन्ने हाम्रो सुझाव रह्यो । विरोधलाई देखाएर चीनसँग खुट्टा कमाउनुपर्दैन ।’

प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको नेकपा नेताहरुको भनाइ छ ।
चन्द र विश्वकर्माले विगतमा सरकारसँग भएको तीनबुदे सहमति कार्यान्वयन नभएको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन् ।

काभ्रे, मुगुमा पछिल्लो समय कार्यकर्ता समातिएको अनि विगतदेखिकै १२ जना कार्यकर्ता रिहाइ नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको विश्वकर्माले बताए ।
ओलीले चीनबाट फर्केपछि सल्लाह गर्ने आश्वासन दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x