१ श्रावण २०८३, शुक्रबार

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

एसीपी संवाददाता

१२ मंसिर २०८१, बुधबार ०९:०७ मा प्रकाशित

नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ।

भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले आज एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो। भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताबीचको सम्बन्धका बारेमा छलफल भएको थियो।

महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताए।

उनले यस सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिए। साथै, भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलको भनाइ थियो।

भेटमा लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गरे। उनले दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको बताए।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x