१ श्रावण २०८३, शुक्रबार

बाँके जिल्लामा रहेका मदरसाहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न आफ्नो पुर्ण सहयोग गर्ने – कानुन मन्त्री अग्रवालको प्रतिबद्धता

एसीपी संवाददाता

१३ मंसिर २०८१, बिहीबार ०४:५१ मा प्रकाशित

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले बाँके जिल्लामा रहेका मदरसाहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन । 
बुधबार नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ धम्बोजीस्थित अहयाउल उदुम मदरसामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री अग्रवालले उक्त प्रतिबद्धता जनाएका हुन। मन्त्री अग्रवालले आगामी बर्षको बजेटमा मदरसाका लागि रकम बिनियोजन गर्ने बताए। उनले यस आर्थिक बर्षको बजेट बाँडफाँड भैसकेको हुनाले आगामी बर्ष् आफ्नो मन्त्रालय र सामाजिक बिकास मन्त्रालय लगायतका संबंधित मन्त्रालयमा मदरसाको लागि बजेट उपलब्ध गराउन पहल गर्ने बताए।
हाल ५ कक्षासम्म संचालनमा रहेको धम्बोजीस्थित उक्त मदरसामा ५० जना बिद्यार्थी अध्ययनरत रहेको अध्यक्ष मुजिबुद्दिन सिद्दिकीले जानकारी गराए। उनले नेपाल सरकार, स्थानीय पालिकालगायतका विभिन्न संघ संस्थाहरुको सहयोगमा मदरसाको माथिल्लो तला निर्माण भैरहेको जानकारी दिदै त्यसमा अपुग रकमको ब्यवस्थाका लागि पहल गर्न मन्त्री अग्रवालसंग आग्रह गरे ।
स्थानीय समाजसेवी फरमान अलि सिद्दिकी सोनुले मदरसामा खानेपानी, शौचालय, कक्षाकोठा, शैक्षिक सामाग्रीको अभाव भएको जानकारी गराउदै त्यसको समाधानका लागि पहल गर्न मन्त्री अग्रवालको ध्यानाकर्षण गराए। कार्यक्रममा मदरसाका प्रीन्सिपल ईमरान राई , ब्यवस्थापन समितीका सदस्यहरु, विद्यार्थी लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो।

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x