१ श्रावण २०८३, शुक्रबार
नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्री विकले कपिलवस्तुको विकासका लागि आफू तत्पर रहेको बताउनु भयो
नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्री रुपा विकले कपिलवस्तुको विकासका लागि तत्पर रहेको बताउनु भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजनामा भएको स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री विकले वातावरण संरक्षणका लागि सबै तह र तप्काबाट सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाले भन्नूभयो, “वन र वातावरण जोगाउन सरकारले थुप्रै नीति तथा कार्यक्रम अघि सारेको छ । स्थानीय सरकार र जनताको सक्रिय सहभागिताबिना यी प्रयास सफल हुन सक्दैनन्।”
राजमन्त्री विकले समुदायको नेतृत्वदायी भूमिकाले मात्रै दिगो विकास सम्भव हुनेमा जोड दिनुभयो ।
Subscribe
Login
0 Comments



