११ मंसिर २०८३, बिहीबार

शुक्रबार थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

१९ मंसिर २०७७, शुक्रबार १६:२४ मा प्रकाशित

देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार ३१ नमुना परीक्षण गर्दा १ हजार २७२ संम्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

देशभर अब १५ हजार ४४७ जना संक्रिय संक्रमित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x