१ श्रावण २०८३, शुक्रबार

गुलरिया नगरपालिकाका थप दुई वटा वडा बाल विवाहमुक्त वडा घोषणा

एसीपी संवाददाता

१४ मंसिर २०८१, शुक्रबार १५:४० मा प्रकाशित

नेपालगन्ज , । गुलरिया नगरपालिकाका थप दुई वटा वडालाई पनि बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाका सबै वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ र ११ लाई पनि बालविवाहमुक्त घोषित गरिएको हो । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने र्काक्रम अन्तर्गत वडा नम्बर ३ र ११ लाई छुट्टा छुट्टै कार्यक्रम गरेर वालविवाहमुक्त वडा घोषणा गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । गुलरिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सर्वजित यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो वडालाई बालविवाहमुक्त घोषणा गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतम हुनुहुन्थ्यो भने गुलरिया नगरपालिकाबाट वरिष्ठ अधिकृत मुकुन्द अर्याल, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, अन्य वडा अध्यक्ष, राजनीतिक अगुवा, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछाने र सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि सहभागिता रहेको थियो । यसैगरि बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई पनि बालविवाहमुक्त वडा घोषित गरिएको छ । वडा नम्बर ११ का वडा अध्यक्ष विशु यादवको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव हुनुहुन्थ्यो भने गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा महिला शाखा प्रमुख शिला शाह र बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपालीले बालविवाह मुक्त गराउन गरिएको कार्य र प्रयासहरु बारे जानकारी गराउनुभयो । बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले कार्यक्रम संचालन गर्नु भएको थियो भने क्लबका सामाजिक परिचालन अधिकृत धिरज कुमार चौधरीको पनि सक्रिय सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x