१ श्रावण २०८३, शुक्रबार

जाजरकोटको नलगाड नगरपालिकामा माओवादी केन्द्र विजयी

एसीपी संवाददाता

१७ मंसिर २०८१, सोमबार १०:४० मा प्रकाशित

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नेकपा माओवादी केन्द्रकी देवका लामिछाने उपप्रमुखमा विजयी भएकी हुन् । उनले ४ हजार २ सय ७२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिद्वन्दी कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत प्राप्त गरिन् ।

उनीहरूबीच १ हजार १ सय २५ मतान्तर रहेको छ ।  एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन् । यसअघि २०७९ को निर्वाचनमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन् । गतवर्ष भूकम्पमा परेर उनको निधन भएपछि उपनिर्वाचन गराइएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x