१ श्रावण २०८३, शुक्रबार

बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा

एसीपी संवाददाता

१८ मंसिर २०८१, मंगलवार ०९:०३ मा प्रकाशित

बर्दिया –  बालविवाह विरुद्धको अभियानमा महत्वपूर्ण स्थान  बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बीईई ग्रुपको संयुक्त सहकार्यबाट बालबिवाहमुक्त  वडा घोषणा गरिएको हो ।  वडा नं ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न  उक्त  घोषणा कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि माननीय लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकाल ,  लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका मुख्य सल्लाहकार लक्ष्मण ज्ञवाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । यो ऐतिहासिक क्षणको साक्षी हुन करिब १,५०० मानिस भेला भएका थिए। १८ भन्दा बढी समूह र  विभिन्न व्यक्तिहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी यस शुभ क्षणलाई उत्साह जनक बनाएका थिए ।
कार्यक्रमको विशेष आकर्षण नेपाल आइडलका बिजेता  करण परियारले लाइभ प्रस्तुति  गरेका थिए । साथै आफ्ना सुमधुर गीतहरुले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । कार्यक्रममा प्रमुख अतिथिहरुले बढैयाताल गाउँपालिकाका सबै वडामा बालविवाह उन्मूलनका लागि पहल गर्ने दृढता व्यक्त गरेका थिए ।

उनीहरुले २०८१ सम्ममा सम्पूर्ण नगरपालिकालाई बालविवाहमुक्त क्षेत्रमा परिणत गर्ने प्रतिबद्धता जनाएका थिए। बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका प्रसाद तिमिल्सेनाले सामूहिक प्रयासका बारेमा आफ्नो धारण राख्नु भएको थियोे । तिमिल्सिनाले बालविवाह विरुद्ध लड्न र बालबालिकाको अधिकारको रक्षा गर्न प्रयोग गरिने रणनीतिहरू जिज्ञासा् राख्नु भयो ।

कार्यक्रम संयोजक  गोविन्द प्रसाद लामिछाने लगायतका प्रमुख सरोकारवालाहरूले मन्तव्य व्यक्त गर्दै  यो क्षणले सहकार्य र साझा जिम्मेवारी मनाउने मञ्चको रूपमा पनि काम गरेको बताएका हुन । कार्यक्रममा संयोजक ईश्वर विक, कार्यक्रम अधिकृत; ,  लक्ष्मी थारु, सामाजिक परिचालन अधिकारी  बीयूसीका रामबहादुर चौधरी एफएसको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन हिक्मत सुनारले गरेका थिए उक्त ऐतिहासिक घोषणाले बढैयाताल गाउँपालिकाका बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण परिवर्तन हुने आशा गरिएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x