१ श्रावण २०८३, शुक्रबार

संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानूनहरु निर्माण भईसक्यो – चौरासिया

एसीपी संवाददाता

१९ मंसिर २०८१, बुधबार १०:२१ मा प्रकाशित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानूनहरु निर्माण भइसकेको बताउनुभएको छ ।

मंगलबार कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारीता लगायतका सम्बन्धमा संसदीय समितिका सभापतिहरु, सभामुख र उपसभामुखको अन्तरक्रिया कार्यक्रममा कानूनमन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।

कानूनमन्त्री चौरसियाले नेपालको संविधान, २०७२ जारी भइसकेपछि हालसम्म २०५ वटा कानून निर्माण भइसकेको बताउनुभयो । उहाँले विभिन्न मितिमा जारी भएको केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक पर्ने ऐन र कानूनहरु समेत संविधान अनुकुल बनाउने काम सम्पन्न भएको बताउनुभयो । उहाँले विद्यालय शिक्षा सम्बन्धी विधेयक, संघीय निजामति सेवा सम्बन्धी विधेयक लगायतका २५ वटा विधेयकहरु हाल संसदमा छलफलकै क्रममा रहेको समेत जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाल प्रहरी सम्बन्धी विधेयक, सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक, पर्यटनसम्बन्धी विधेयक, सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक, पानी जहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक जस्ता महत्वपूर्ण विधेयकहरु संघीय संसदमा पेस हुने चरणमा रहेको उहाँको भनाइ छ ।

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्थानीय सरकार संचालन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक तथा संक्रात्मक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक लगायतका ११ वटा विधेयकहरु कानून मन्त्रालयमा सहमतिका क्रममा रहेको समेत उल्लेख गर्नुभयो ।

कानूनमन्त्री चौरसियाले कानूनी सहायतालाई प्रभावकारी रुपमा अगाडि बढाउन एकीकृत कानून सम्बन्धी विधेयकको मस्यौदा तयार गर्ने काम लागिरहेको जानकारी दिनुभयो । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x