११ मंसिर २०८३, बिहीबार

चीनमा विषालु ग्याँसका कारण १८ को मृत्यु

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार ०८:२७ मा प्रकाशित

चीनको दक्षिण पश्चिम चुङ्चिङस्थित एउटा कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु भएको छ ।

पाँच जना मजदुर हराइरहेका छन् भने एक जनालाई जिवितै उद्धार गरिएको छ ।

दुई महिनादेखि बन्द उक्त खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा कार्बनमोनोक्साइड ग्यास चुहिएको थियो ।

दुर्घटनाबारे छानबिन सुरु गरिसकेको अधिकारीहरुले जनाएका छन् ।

विश्वमा सबैभन्दा धेरै कोइला उत्पादन तथा खपत हुने चीनमा सुरक्षासम्बन्धी नियम पालनामा लापरवाही हुंदा खानीमा दुर्घटनाहरू भइरहन्छन् । (एजेन्सी)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x