१ श्रावण २०८३, शुक्रबार

अनेम संघ विजयनगर १ नम्बर वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु

एसीपी संवाददाता

२४ मंसिर २०८१, सोमबार १०:४२ मा प्रकाशित

कपिलवस्तु नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ काे वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु चयन भएकी छन् । थारुकाे नेतृत्वमा ४१ सदस्य अनेम संघ वडा कमिटी गठन गरिएको जनाइएको छ ।

जसकाे उपाध्यक्षमा गिता काेरी, सचिवमा टीका माया थापा, उप-सचिवमा कमला खटिक र चेतमाया सारु सर्वसम्मत रुपमा चयन भएका छन् । अनेम संघले संगठनलाई बलियो बनाउन सबै वडामा वडा कमिटी विस्तार गर्ने कार्यलाई तीव्रता दिएकाे छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले संगठनलाई मजबुत बनाउँदै अगाडी बढ्नुपर्नेमा जाेड दिएका छन् । अनेम संघले महिलाकाे हक अधिकारका लागि विभिन्न समयमा सक्रिय भएर अधिकारका पैरवी गर्दै आएकाे जिकिर गर्दै समाज परिवर्तन गर्न अनेम संघ महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष थापाकाे भनाइ छ ।

यस्तै नेपाल एमाले जिल्ला कमिटी सदस्य तथा अनेम संघ जिल्ला उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी र नेकपा एमाले विजयनगर गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाले नवनिर्वाचित कमिटीका पदाधिकारीलाई शुभकामना तथा बधाई दिँदै संगठनलाई चलायमान बनाउँदै एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले विजयनगर गाउँ कमिटी उपाध्यक्ष प्रमिला पाैडेल, सचिव गाेकर्ण प्रसाद सापकोटा, अनेम संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष अमृता खड्का लगायतको उपस्थिति थियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x