१ श्रावण २०८३, शुक्रबार

अर्थमन्त्री पौडेल र अमेरिकी मन्त्री लुबीच भेटवार्ता

एसीपी संवाददाता

२४ मंसिर २०८१, सोमबार ११:५२ मा प्रकाशित

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम रहेको उल्लेख गर्दै नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न आग्रह गरे।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परेको उल्लेख गर्दै नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएकोमा खुशी व्यक्त गरे।

यसअघि मन्त्री लुले कांग्रेस सभापति शेरवहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x