१ श्रावण २०८३, शुक्रबार

भारतिय नकश्लबादि: सात जना माओवादी विद्रोहीको मृत्यु

एसीपी संवाददाता

२८ मंसिर २०८१, शुक्रबार ०८:१४ मा प्रकाशित

रायपुर । भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ ।

लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति बेहोर्नुपरेको छ । दसकौँ लामो नक्सलवादी आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

नक्सलवादी समूहका अनुसार भारतको संसाधन-समृद्ध मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका छन् । हालैका वर्षहरूमा विद्रोह निकै खुम्चिएको छ र सुरक्षा बलको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोही मारिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भन्नुभयो,“अहिलेसम्म नक्सलवादी समूहको पोशाकमा रहेका सात जनाको शव फेला परेको छ । झडपमा थप व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको छ । तर अन्य व्यक्तिको शव फेला परेको छैन ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x