१ श्रावण २०८३, शुक्रबार

लागू औषध (ब्राउन सुगर) सहित ३ जना मानिस पक्राउ

एसीपी संवाददाता

२९ मंसिर २०८१, शनिबार १२:०३ मा प्रकाशित

काठमाडौं –  जिल्ला बाँके नेपालगंज उप- महानगरपालिका वडा नं. १ पुष्पलाल चोक स्थित लागु औषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिप्रका कार्यालय तथा लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखा बाट खटिएको संयुक्त प्रहरी टोलिले लागु औसधि सहित मामैस पक्राउ गरेको छ । नेपालगन्जको पुष्पलाल चोक स्थित सडक छेउमा हिडिरहेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई चेकजाँच तथा खाननतलासी गर्दा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ६१ को राजेन्द्र कुमार गोडियाले डौर्‍याई रहेको साईकलको हेण्डिलमा झुण्डयाई रहेको कालो रङको प्लास्टिक भित्र रहेको लुकाई छिपाई राखेको टिफ्फिनको बट्टा भित्र ३ वटा सेतो रंको प्लाष्टिकको प्याक बनाई राखेको प्लाष्टिक हटाई तौल गर्दा प्रतिवन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्द १५० ग्राम, साईकल थान १ र निजहरुले प्रयोग गर्ने गरेको मोबाईल सेट थान ३ समेत फेला पारी बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नेपालगंज बाँकेबाट थप अनुसन्धान कार्य भई रहेको
पक्राउ परेका व्यक्ती
जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ६१ को राजेन्द्र कुमार गोडिया । नेपालगन्ज का  ५ बस्ने वर्ष ३२ को यमुजीव खान यस्तै  वडा नं. ८ बस्ने वर्ष २६ को मोहिद अन्सारी रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x