१ श्रावण २०८३, शुक्रबार

भारतीय पर्यटकलाइ नम्बर प्लेटका आधारमा दुःख नदिन डिआइजी आचार्यको निर्देशन्

एसीपी संवाददाता

३० मंसिर २०८१, आईतवार १०:२३ मा प्रकाशित

रौतहट । नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।

डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई काम गर्न निर्देशन दिएका छन्। ‘प्रहरीले गलत नियतले भारतीय पर्यटकले चढेका सवारी साधन चेकजाँच गर्ने छैन । यदि कसैले नियोजित रूपमा दुःख दिएको पाइएमा कडा कारबाही गरिनेछ,’ डीआईजी आचार्यले भने ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र होटेल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको सह आयोजनामा वीरगञ्जमा आयोजित “पर्यटन सुरक्षा र प्रवर्द्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा डिआईजी आचार्यले भारतीय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको अवरोध नहुने बताएका हुन् ।

कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेसमा पर्यटन प्रवर्द्धनका लागि ठोस योजना ल्याइने प्रतिबद्धता जनाएका थिए भने कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्यामाथि प्रकाश पार्दै समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका थिए ।  पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले पर्यटक प्रहरीले गरेका कामबारे जानकारी दिँदै पर्यटकहरूसँग सम्बन्धित एउटा डकुमेन्ट्रीको प्रदर्शन गरेका थिए ।

कार्यक्रममा ठोरी गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल,हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान, होटेल व्यवसायी सङ्घ पर्साका वरिष्ठ उपाध्यक्ष विद्यालाल प्रसाद साह, महासचिव माधव बस्नेत, र होटेल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सदस्य हिरा श्रेष्ठको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x