१ श्रावण २०८३, शुक्रबार

राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन

एसीपी संवाददाता

३० मंसिर २०८१, आईतवार १८:५४ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, मंसिर ३०

कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क नजिक आज एक कार्यक्रमका बिच राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को विधिवत उद्धघाटन भएको छ।

भन्सार रोडमा अवस्थित परदेशी होटलको छेउमा आज राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. का संचालक रमेश कुमार यादवले आफ्नी छोरी परिनिती यादव द्वारा रिबन काटेर उद्धघाटन गराइएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी अकरम पठानले राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स अगाडि बढ्ने शुभकामना दिदै यसले नेपाल भारतका यात्रीलाई सहज हुने बताए।
कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी कृष्णनगर अध्यक्ष शिवा घिमिरेले शुभकामना दिदै होटल व्यवसायी हरूले टूर्स एण्ड ट्राभल्स लाई अगाडि बढाउन सहयोग गर्ने बताए।
कार्यक्रममा बोल्दै सोनी टूर्स एण्ड ट्राभल्सका पुरूषोत्तम घिमिरेले शुभकामना दिदै टूर्स एण्ड ट्राभल्स एक आपसमा एकताबद्ध भएर अगाडि बढ्ने बताए।

राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्सले इन्टरनेशनल तथा डोमेस्टिक टिकट बुकिंग, ट्रेन टिकट रिजर्वेशन, टुर पैकेज तथा होटल बुकिंग, मनि ट्रान्सफर सेवा, बस टिकट नेपाल तथा भारतका लागि बुकिंग, आनलाइन सर्भिस लगायतका सेवाहरु उपलब्ध रहने जानकारी गराइएको छ।

कार्यक्रममा साहिद खान, हेमन्त चौधरी, सद्दाम हुसैन, रामसेवक यादव, शिवा कोरी, मंगरे यादव, निरज कुवर, अरविंद कुमार गुप्ता लगायत अन्यको उपस्थित रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x