कोहलपुरमा निरन्तर अभियानमा नेपाली काङ्ग्रेस
बाँके – टोल टोलमा नेपाली कांग्रेस अभियानको क्रममा आज कोहलपुर नगरपालिका वडा नं १ १को एकतानगर टोलमा” बैठक सम्पन्न भएको छ ।
पार्टीका स्थानिय नेता,कार्यकर्ताहरूसंग तहगत पार्टीको नेतृत्वका साथै स्थानिय सरकार कोहलपुर नगरपालिकाका मेयर,उपमेयर सहित जनप्रतिनिधिहरूसंग पनि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।एकतानगर टोल सभापति सबिता गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी सम्पुर्ण नेता तथा कार्यकर्ताहरूका साथै जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । अहिले टोल टोल नेपाली काङ्ग्रेस अभियानमा अलग अलग जिल्लामा अन्तर्क्रीया र बैठक जारी रहेको छ । नेपाली काङ्ग्रेस बाँके छेत्र नम्बर १ का सभापति पोषण केसीको उपस्थितिमा अलग अलग स्थानमा अभियान संचालन हुदै आएको छ ।कार्यक्रममा कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्य सहित उप मेयर को पनि उपस्थिति रहेको थियोे ।



